बुधबार, बैशाख १२, २०८१

एसएलसी परीक्षाका लागि पैतीसबुँदे आचारसंहिता

 काठमाडौँ फागुन २८, आगामी चैत ६ देखि १४ गतेसम्म हुने प्रवेशिका परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले परीक्षालाई व्यवस्थित, मर्यादित बनाउन ३५ बुँदे आचारसंहिता जारी गरेको छ । जारी आचारसहिंता अनुसार विद्यार्थीले विद्यालय पोसाक नलगाई अन्य पोसाकमा परीक्षामा आउन panikaनपाइने, परीक्षार्थीले अन्य पोसाक लगाउँदा चिट, गेसपेपर राख्न सजिलो ठानिएकाले पोसाक अनिवार्य गर्नुको अलावा परीक्षा अवधिभर मोबाइल फोनलगायतका कुनैपनि किसिमको विद्युतीय उपकरण निषेध गरिने, एउटै बेञ्चमा एकै विद्यालयका विद्यार्थीलाई राख्न नपाइने पनि व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक विष्णु द्वारेले बताउँनु भएको छ ।

जारी आचारसहिंता सम्बन्धी जनाकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जनाकारी अनुसार शिक्षा ऐनको दफा १७ मा प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा, परीक्षा केन्द्रमा केन्द्राध्यक्षको स्वीकृतबिना प्रवेश गर्ने प्रयत्न गरेमा, अन्यको नाममा परीक्षा दिएमा र परीक्षाको मर्यादाविपरीत कार्य गरेमा त्यस्ता व्यक्तिलाई कसुरको मात्र हेरी रु एक लाख वा छ महिना कैद सजाय हुने व्यवस्था गरिएको बताइर्एको छ । यस वर्षको परीक्षामा नियमित र एक्जाम्टेड गरी पाँच लाख ६६ हजार ८५ परीक्षाथी परीक्षामा सहभागि हुँदै छ ।