बिहिबार, बैशाख २०, २०८१

एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि बस्दै

 काठमाडौँ फागुन २१, नेकपा (एमाले) को केन्द्रीय कमिटीको कारणवस स्थगन गरिएका जारी २६ औं बैठक आज अपराह��न देखि फेरि बस्ने भएको छ । सम्बद्ध  स्रोतका अनुसार संविधानसभाको बैठक र पार्टी निकट पर्यटन इलाकाको बधाई कार्यक्रमका कारण जारी बैठक स्थगन गरिएको भनिए महाधिवेसनको सवालमा केन्द्रीय सदस्यहरुवीच देखिएको मतान्तरका कारण बैठक स्थगन गरिएको बताईएको छ ।  यसैवीच पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले बैठक आज अपराह्न पुनः बस्ने जानकारी दिनुभयो । गत सातादेखि जारी बैठकमा पार्टीको आगामी नवौं महाधिवेशनको मिति तय र व्यवस्थापनबारे छलफल भइरहेको छ ।