शनिबार, बैशाख १५, २०८१

जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन हुन्छ:मन्त्री ज्ञवाली

काठमाडौँ फागुन २३ ,ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले सरकार जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा रहेको बताउनुभएको छ । १०४ औँ imageअन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०ले आज यहाँ आयोजना गरेको मनर्यक्रमको उद्घाटन गर्दै उहाँले पछिल्लो पटक ग्रामीण क्षेत्रमा भइरहेका महिला हिंसाका घटना रोक्न तत्काल स्थानीय निकायको निर्वाचन गर्न जरुरी रहेको बताउँनु भएको हो । त्यस्तै उहाँले विगत लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा महिलामाथि बलात्कार र अपहरणलगायतका घटनासँगै विभिन्न घरेलु हिंसा हुने गरेका छन् । तत्कालै निर्वाचनको मिति तोक्न मैले मन्त्रिपरिषद्मा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

-याली त्रिचन्द्र क्याम्पसबाट सुरु भएर घण्टाघर, बागबजार, पुतलीसडक र पद्मोदय हुँदै प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा अनेरास्ववियुका पूर्व अध्यक्ष रामकुमारी झाँक्री लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।