काठमाडौँ माघ २२, काठमाडौँको भिमसेनगोलास्थित एक गार्मेन्ट उद्योगमा आगलागी हुँदा एक करोडभन्दा बढीको धनमाल क्षति भएको छ । काठमाडौँ वडा नं ३४ को वडा कार्यालयसँगै रहेको डिल्ली रिजालको एलेस फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भई आगलागी भएको हो । काम गर्ने क्रममा बिहान आठ बजेतिर गार्मेन्टमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट रु एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । आगलागीमा तयारी पोशाक जलेर नष्ट हुनाका साथै मेसिनमा समेत क्षति पुगेको छ । स्थानीयवासी र प्रहरीको प्रयासमा एक घण्टाभित्र आगो नियन्त्रणमा लिइएको थियो । उक्त गार्मेन्टमा उत्पादन हुने कपडा अमेरिकालगायतका देशमा निकासीहुने गरेका छन् ।
भिमसेनगोलामा आगलागी,एक करोडभन्दा बढीको धनमाल क्षति
February 5, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np