बिहिबार, बैशाख २०, २०८१

आर्मीको सुपर सिक्समा पर्ने सम्भावना न्यून हुँदै, थ्रीस्टार मनाङको पछि लाग्दै

  काठमाडौं माघ १५, राजधानीमा जारी सहिद स्मारक रेडबुल क श्रेणीको फुटवल प्रतियोगिता अन्तगत आजको खेलमा त्रिभुवन आर्मी र मच्छिन्द्रक्लब वीचको खेल वरावरीमा समापन भएपछि त्रिभुवन आर्मीको सुपर सिक्समा पुग्ने सम्भावनामा ग्रहण लाग्ने संभावना बढेको छ । खेल वरियाताक्रममा मच्छिन्द्रले footballजम्माजम्मी ११ खेलबाट १६ अंकका साथ चौंथो स्थानमा पकड जमाएको छ भने आर्मीले ११ खेलबाटै १२ अंक बोक्दै आठौं स्थानमा रहेको छ ।

त्यस्तै आजको दोस्रो खेलमा थ्रीस्टार क्लबवीच भएको खेलमा अघिल्लो सिजनको लिग विजेता थ्रीस्टार क्लबले आफ्नो उपाधि सम्भावना कायमै राखेको छ । आज भएको आफ्नो दशौं खेलमा फ्रेण्ड्स क्लबलाई २–० ले हराउँदै उसले शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङदीसँगको अंकदुरी छोट्याएको छ । लिगमा १० खेल खेलिसक्दा थ्रीस्टारको २० अंक भएको छ भने एक खेल कम खेलेको मनाङको २२ अंक भएको छ ।

लिग अन्तर्गत भोलिका खेलहरुमा मनाङले पुलिस क्लबसंग ५त्यस्तै गरि  सरस्वतीले  ब्वाईज युनियनसंग भिड्ने छन् ।