शुक्रबार, बैशाख २१, २०८१

चुनावको खुसी मनाउन राष्ट्रपति रामवरण यादवले चियापान कार्यक्रमको आयोजना गर्दै

काठमाडौं पौष २३ , संविधानसभाको बैठक कसले वोलाउँने भन्ने प्रसंगमा केहिदिन यता देखि दलका नेताहरुसंग परामर्शमा व्यस्त रहेका राष्ट्रपति रामवरण यादवले आज राजनीतिक राषटदल, सरकारका साथै कूटनीतिक नियोगका प्रमुखहरूलाई चुनावको खुसी मनाउन भन्दै शीतल निवास आमन्त्रण गरेका छन्। संविधानसभा चुनावमा विजयी ३० राजनीतिक दलका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, प्रभावशाली नेता, मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, सरकारका मन्त्रीलगायतलाई दिउँसो ३ बजेको आमन्त्रण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संबिधानसभाको बैठक कसले बोलाउने भन्ने बिषयमा अन्यौल भइरहेको बेला आयोजना गर्न लागेको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपी निर्वाचित दलका साथै निर्वाचन सम्पन्न गराएकोमा सरकार, सुरक्षा निकायका प्रमुखलाई बधाई दिने कार्यक्रम राखेको राष्ट्रपति कार्यालयले जनाएको छ।

 त्यस्तै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राजनीतिक दलका साथै विभिन्न निकायलाई बधाई कार्यक्रम राखेको बताउँनु भएको छ । निर्वाचनमा जितेका दललाई बधाई दिने कार्यक्रम हो,भन्दै उहाँले राष्ट्रपति यादवले मंसिर ४ को निर्वाचनमा सहभागी हुन जनतालाई आह्वान गरे पनि चुनाव भएको दुई महिना बित्न लाग्दा पनि सहभागिताका लागि धन्यवाद दिएका छैनन्। त्यसअर्थमा पनि आज उहाँहरुलाई चियापानको लागि आमन्त्रण गर्दै भेटघवार्ता गर्ने कार्यक्रम तय भएको बताउँनु भएको छ ।