बिहिबार, बैशाख ६, २०८१

संविधानसभाको बैठक आह्वान सम्बन्धी रिटको सुनवाई विशेष इजलासले गर्ने

काठमाडौं पौष २३ मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नै संविधानसभाको बैठक आह्वान गर्नुपर्ने भनी परेको रिट सुनुवाइ सर्वोच्चको विशेष इजलासले गर्ने भएको छ । न्यायाधीश suprim-cort1प्रकाश वस्तीको इजलासले प्रस्तुत रिटको सुनवाईकालागि विशेष इजलासमा पठाउने निर्णय गरेको हो । त्यस्तै सर्वोच्चले रिटमा अन्तरिम आदेश जारी गर्नुपर्ने–नपर्नेबारे पौष २९ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ । संविधानको व्याख्या गर्नुपर्ने भएकाले विशेष इजलासमा सुनुवाई गर्ने र सर्वोच्च तथा नेपाल बारका दुई–दुई जना एमिकस क्यूरी पठाउन समेत आदेश दिइएको छ ।

त्यस्तै सर्वोच्चले रिटमा अन्तरिम आदेश जारी गर्नुपर्ने–नपर्नेबारे पौष २९ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ । संविधानको व्याख्या गर्नुपर्ने भएकाले विशेष इजलासमा सुनुवाई गर्ने र सर्वोच्च तथा नेपाल बारका दुई–दुई जना एमिकस क्यूरी पठाउन समेत आदेश दिइएको छ । राष्ट्रपतिले नै संविधानसभा बैठक आह्वान गर्नुपर्ने मागसहित परेको रिट निवेदनमा भने सर्वोच्चले भोलि दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।