शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपतिबाट आजपनि दलका नेतासंगको परामर्शलाई निरन्तरता

 काठमाडौँ पौष २२ ,राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको बैठक बोलाउने प्रसंगमा आज पनि संघीय समाजवादी दलका अध्यक्ष अशोक राईसँग राष्ट्रपति निवास शीतल राषटनिवासमा परामर्श गर्नुभएको छ । राष्ट्रपतिसंगको परामर्शपछि राष्ट्रपतिबाट नै बैठक बोलाउने अन्तर्राष्ट्रिय प्रचलन भएपनि सो मुद्दा हाल अदालतमा विचाराधीन भएकाले आफूले कुनै सुझाव नदिएको अध्यक्ष राईले पत्रकारलाई जानकारी दिनु भएको छ । संविधानसभाको बैठक राष्ट्रपतिले वा प्रधानमन्त्रीले कसले बोलाउने हो यस विषयमा सहमति हुन नसकेपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

शीतल निवास स्रोतका अनुसार यसै विषयमा हिजो पनि राष्ट्रपति डा रामवरण यादवले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायतका साना दलका नेतासँग भेटवार्ता गर्नुभएको थियो ।