वीरगन्ज पौष १४, तराई लगायतका क्षेत्रमा विगत केही दिनयतादेखि चलेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले बारा र पर्साको जनजीवन पनि प्रभावित हुँन थालेको बुझिएको छ । यसरी बढ्दो शीतलहरको प्रभावलाई न्यूनिकरण गर्ने लक्ष्य सहित स्थानीय प्रशासनको सहयोगमा वीरगन्ज उपमहानगरपालिका र कलैया नगरपालिका समेट्ने गरी आम नागरिकको बढी जमघट हुने ठाउ“ र चोकमा आगो बाल्ने व्यवस्था गरिएको छ । साथै चिसो बढेपछि वीरगन्जका सरकारी कार्यालयमा समेत सेवाग्राहीको भिडभाड पातलिँदै गएको छ भने अस्पताल र निजी क्लिनिकमा उपचारका लागि आउने निमोनिया, श्वासप्रश्वास तथा रुघाखोकीका बिरामीको सङ्ख्या ह्वात्तै बढ्न थालेका छन् । दैनिक ३०÷३५ जना त्यस्ता बिरामी उपचारका लागि अस्पताल आउने गरेको नारायणी उपक्षेत्रीय अस्पतालमा वीरगन्जले जनाएको छ ।
बढ्दो शीतलहर र जाडोले बारा र पर्साको जनजीवन प्रभावित
December 29, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np