बिहिबार, बैशाख ६, २०८१

महासमिति सदस्य डा.कार्की सहित तीनजनालाई अनुशासनको कारवाही, जाजरकोट काँग्रेसमा पनि अन्तर्घात विवाद चुलियो

धादिङ पौष १४, संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका उमेद्वार रहेका धादिङ क्षेत्र नं २ का जिल्ला सभापति रामनाथ अधिकारी लाई हराउन भूमिका खेलेको भन्दै नेपाली nc jhandaकाँग्रेस धादिङ क्षेत्र नं २ ले दुई महासमिति सदस्य लगायत तीनजनालाई अनुशासनको कारवाही गरेको छ। नेपाली काँग्रेस धादिङ २ नं क्षेत्रीय कार्य समितिको शनिबार बसेको बैठकले नेपाली काँग्रेसलाई हराउन भूमिका खेलेको भन्दै क्षेत्रीय कार्य समितिले नेपाली काँग्रेसका महासमिति सदस्यद्वय भीमप्रसाद ढुङ्गाना, डा. राजाराम कार्की र नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्मालाई छ महिनाका लागि काँग्रेसका सम्पूर्ण जिम्मेवारीबाट निलम्बित गर्दै कारवाहीका लागि केन्द्रीय कार्य समितिमा सिफारिस समेत गरेको छ।

यसैबीच नेपाली काँग्रेस जाजरकोट क्षेत्र नं १ का उम्मेदवार दीपक शाहले चुनाव हारेपछि काँग्रेसभित्र तीव्र विवाद सुरु भएको छ । जाजरकोट काँग्रेसको पार्टी सभापतिसमेत रहेका शाहलाई पार्टीभित्रबाटै अन्तर्घात भएको भन्दै जिल्ला कमिटीको बैठकले पाँच जनालाई कारबाहीको माग गर्न केन्द्रीय समितिमा सिफारिस पठाएको छ ।
यसरी कारबाहीका लागि सिफारिसमा पर्नेहरुमा झलकनाथ वाग्ले, चिन्ताकुमारी वाग्ले, राम शाह, रमेश सिंह र सनत कार्की रहेका छन् ।