शुक्रबार, बैशाख २८, २०८१

भारतीय विदेशमन्त्री जयशंकर पुस १९ मा नेपाल आउने

  काठमाडौं पुस १३,

नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारतका विदेशमन्त्री डा एस जयशंकर पुस १९ गते नेपाल आउने भएका छन्।  परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री जयशंकरसँगै विदेशसचिव विनयमोहन क्वात्रा लगायतका अधिकारी भारतीय वायुसेनाको विशेष विमानमार्फत उनीहरू पुस १९ गते बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र उहाँहरुलाइ परराष्ट्रसचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा आउन लागेका उनका भारतीय समकक्षी जयशंकरले नेपाल भ्रमणको क्रममा उच्चस्तरीय भेटवार्ताको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930