सोमवार, बैशाख १७, २०८१

माल्टा पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गर्ने धर्मेन्द्र शाही प्रहरीको फन्दामा

 काठमाडौं पुस १३,
माल्टा पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने जुम्ला हिमा गाउँपालिका-५ घर भएका ३२ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहीले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका शाही उपर थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल चलान गरिएको प्रहरीले जनाएको छ ।