मङ्लबार, जेष्ठ १, २०८१

बालकुमारी घटना छानबिन गर्न डीआईजी लालमणिको नेतृत्वमा तीन सदस्यीय समिति गठन

काठमाडौं पुस १३,
कोरियन भाषा प्रशिक्षार्थीले गरेको आन्दोलनका क्रममा दुई जना प्रदर्शनकारीको मृत्युभएसंगै गृह मन्त्रालयले घटना छानबिनका लागि समिति गठन गरेको छ।   प्रदर्शनलाइ नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठीचार्ज, अश्रु ग्यास र गोली प्रहार गर्दा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको हो । राउतको किष्ट अस्पताल र शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल सदस्य रहेका छन्।

शुक्रबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडीमा बालकुमारीमा आगजनी गरेसंगै स्थिति थप तनावग्रस्त बनेपछि बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो।