आइतवार, बैशाख १६, २०८१

सत्ता गठबन्धनको सिट बाँडफाँट केन्द्रीत बैठक बालुवाटारमा जारी

[फाइल फोटो]

काठमाडौं असोज ७,
आसन्न संघ र प्रदेश सभा निर्वाचन लक्षित हुँदै सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दलका शीर्ष नेताबीच आगामी निर्वाचनमा सिट बाँडफाँट केन्द्रीत जारी छलफलमा सिट बाँडफाँटको क्रममा ८० प्रतिशतमा सहमति जुटेको बताइएपनि आजको छलफल पनि सिट बाँडफाँटको सहमति केन्द्रीत रहेको थाहा भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धनका शीर्ष नेता सहभागीता रहेको छ ।