बुधबार, बैशाख १२, २०८१

कृषि तथा साना र मझौला उद्यमीको प्रवद्र्धनका लागि चन्द्रागिरिले सहुलियतपूर्ण कर्जा दिने

 काठमाडौं असोज ८,
चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना र मझौला उद्यमीको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जाको अवधारणा कार्यान्वयन गर्ने भएको छ।

नगरपालिकाले नगरपालिका भित्र रहेका बैंकका शाखासंगको सहकार्यमा यस्तो अवधारणा कार्यान्वयन गर्न लागेको जानकारी दिदै नगरप्रमुख घनश्याम गिरीले अनुसार दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, च्याउ तथा बीउ बिजनको उत्पादन, प्रशोधन भण्डारण, फूल व्यवसाय र पशुपक्षीपालन गर्ने किसानलाई नगरपालिकाले ब्याज अनुदान प्रदान गर्ने जानकारी दिनुभयो ।

त्यस्ते उहाँले माछा पालन माछाको भण्डारण र बिक्री वितरण तथा पशुबधशाला एवं मासुजन्य उत्पादन र जडीबुटी उत्पादन प्रशोधन र भण्डारण, अलैँची र अदुवा खेती गर्ने किसान लक्षित हुने बताउनुभयो ।

साथै सहुलियतपूर्ण कर्जा मार्फत किसानले उत्पादन गरेका कृषि सामग्रीको बजारीकरणका लागि समेत नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।