शनिबार, बैशाख २९, २०८१

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा प्रवाह गर्ने

काठमाडौ माघ १९, 
कोभिड जोखिमका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै आएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ । यसअघि प्रशासन कार्यालयले गत माघ ५ गतेबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएसम्मका स्थगन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संक्रमणको जोखिम घटेसंगै २० गते बिहीबारदेखि आलोपालो प्रणालीबाट सेवा प्रवाह गरिने जानकारी दिदै आलोपालो प्रणाली अनुसार आइतबार, मङ्गलबार र बिहीबार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका एवं सोमबार, बुधबार र शुक्रबार मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने जानकारी दिनुभयो ।