आइतवार, बैशाख १६, २०८१

आज भर्चुअल माध्यमबाट ७औं राष्ट्रिय योग दिवस देशभर मनाइँदै

काठमाडौ माघ १,
‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ आज ७औं राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पछिल्लो समय कोभिड नयाँ भेरियन्टसहितको सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन जारी गरेअुरुप आजको योग दिवस भर्चुअल माध्यमबाट मनाउन लागिएको हो ।

नेपालमा तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । त्यसोत जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस पनि मनाइने गरिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो ।