शनिबार, बैशाख ८, २०८१

लिपुलेकको प्रसंगमा भारतीय प्रम मोदीको अभिव्यक्तिप्रति काँग्रेसको ध्यानाकर्षण

काठमाडौ पुस ३०,
नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लिपुलेकको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।

आज काँग्रेस महामन्त्रीद्वयले सयुक्त विज्ञप्ति जारी गर्दै नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय आपत्तिजनक रहेको जनाउ सहित     यो तत्काल रोकिनुपर्नेमा जोड दिएका छन ।

त्यस्तै विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको जनाउ सहित महामन्त्रीद्वयले सीमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

महामन्त्रीद्वयले सार्वजनिक गर्नुभएको धारणा यस्तो छ :