आइतवार, बैशाख १६, २०८१

आयोगद्दारा संसद सचिवालयलाइ दल दर्ताको औपचारिक जानकारी

काठमाडौं भाद्र ११,
निर्वाचन आयोगले पछिल्लो समय आयोगमा दर्ता भएका दुई नयाँ दल  दर्ताको  औपचारिक जानकारी संघीय संसद सचिवालय तथा प्रदेश सभा सचिवालयलाई गराएको छ ।

एमाले विभाजन पछि अस्तित्वमा आएको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल त्यस्तै गरि जनता समाजवादी पार्टी विभाजन पछि अस्तित्वमा आएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएको हो ।

त्यस्तै निर्वाचन आयोगबाट दुइ नयाँ दल दर्ताको जानकारी सहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएको संघीय संसद सचिवालयले जनाएको छ। साथै प्राप्त जानकारी अनुसार सचिवालयले उपलब्ध गराउने सेवा  सुविधाको प्रवन्ध मिलाइने जनाएको छ ।