शुक्रबार, बैशाख १४, २०८१

थप २हजार०६५ जनामा संक्रमण, २५ को मृत्यु

काठमाडौं भाद्र ११,
वितेको २४ घण्टामा देशभरका विभिन प्रयोगशालामा ८ हजार ७५२ जनाको पिअिसार परीक्षणको क्रममा १ हजार ५७७ र ४ हजार ३६५ जनाको एन्टीजेन परीक्षण गर्दा ४८८ जनामा संक्रमण पुष्टि भएसंगै २हजार०६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा देशभर २ हजार ३३७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने २५ जना संक्रमितको मृत्यु भएको जनाएको छ।

साथै कुल संक्रमित मध्ये देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको जनाउदै मन्त्रालयले तीमध्ये ६२२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जानकारीदिएको छ।