आइतवार, बैशाख १६, २०८१

मुलुकको राजनितिमा नविन्द्रको जस्तो छवि विरलैको मात्र: नेता सिंह

काठमाडौं चैत १३,
काठमाडौं काँग्रेस क्षेत्र न ८ ले आज पूर्व उद्योगमन्त्री स्व: नविन्द्रराज जोशीको तेस्रो पुण्य तिथिको अवसरमा उहाँको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको छ।

काँग्रेसका पूर्व महामन्त्री एवम सघीय ससंद सदस्य प्रकाशमान सिंहले माल्यार्पण कार्यक्रमलाइ सम्बोधन गर्दै नविन्द्रले मुलुकमा राजनैतिक परिवर्तनको लागि भएको कुनै पनि आन्दोलनको क्रममा निर्वाह गरेको भूमिका आफैमा महत्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै काठमाडौं निर्वाचन क्षेत्र न .८ बाट दुइ-दुइ पटक अपार जनसमर्थन प्राप्त गर्दै जन-जनको मन मस्तिष्कमा एक स्वच्छ छविको अमित छाप छोड्न सफल भएको भन्दै मुलुकको राजनितिमा नविन्द्रको जस्तो छवि विरलैको मात्र हुने जिकिर गर्दै जोशीसंगको सहकार्य र सामिप्यताको विषयमा चर्चा गर्नुभयो ।

 साथै सम्बोधनको क्रममा नेता सिंहले मुलुकको पछिल्लो राजनैतिक घटनाक्रमको विषयमा चर्चा गर्दै नविन्द्रको राजनितिमा इमान्दारिता विचारमा प्रष्टता भन्ने वचनको सबै काँग्रेस जनले अक्षरस कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै यो नै नविन्द्र प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

कार्यक्रममा क्षेत्रीय समितिका पदाधिकारी प्रदेश समितिका पदाधिकारी , प्रदेश सासंद,वडा इकाइ सभापति लगायत नेपाली काँग्रेसका विभिन्न तह र तप्काको नेता तथा कार्यकतासंगै अपार जनसमुदायको उपस्थिती रहेको थियो ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेका स्व जोशीको आज भन्दा तीन वर्ष अघि अर्थात चैत १३ गते मस्तिष्कघात भई उपचारको क्रममा निधन भएको हो ।