शनिबार, बैशाख १५, २०८१

महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मान

  अनप प्रधान / काठमाडौं चैत १२,

नेवा पत्रकार राष्ट्रिय दबूले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित ए कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले ६ जना महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मानले सम्मानित गर्नुभएकोछ ।

सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले नेवारी समुदायको संस्कृति, परम्पराविना काठमाडौँको अस्तित्वनै संकटमा पर्ने जिकिर संगै नेवार समुदायले संस्कृति, सम्पदा र परम्पराको रक्षा गरी देशलाई विश्वपरिवेसमा परिचित गराएको बताउनुभयो ।

साथै उहाँले महिलाविना कुनै पनि क्षेत्र अधुरै रहने भन्दै महिला पत्रकारलाई सम्मानित गर्न पाउँदा धेरै खुसी लागेको बताउनुभयो । त्यस अवसरमा उहाँले नेपाल भाषाको त्रेमासिक पत्रिका “ आन्जु ” को विमोचन समेत गर्नुभयो ।

साधना महिला पत्रकारिताबाट सम्मानित हुनेहरुमा पत्रकारमा गोरखापत्र दैनिकका पत्रकार यलु जोशी । समाचार पत्रका प्रधान सम्पादक भगवती तिमल्सिना, नेपाल टेलिभिजनका पवन वर्षा शाह, मेट्रो एफ एमका कार्येक्रम प्रस्तोता रिता महर्जन, नयाँ पत्रिकाका शान्ति तामाङ, स्वतन्त्र फोटो पत्रकार सुनी बनेपाली रहेका छन ।