आइतवार, बैशाख १६, २०८१

नेपालमा लुकिछिपी बसिरहेका पाँच बंगलादेशी नागरिक प्रहरी नियन्त्रणमा

काठमाडौ चैत १३,
भिसा अवधि समाप्त पश्चात गैर कानुनी तवरले नेपालमा लुकिछिपी बसिरहेका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएका बंगलादेशी नागरिकहरूमा क्रमस २६ वर्षीय एमडि रिफत अहमद, २३ वर्षीय एमडि अबदुल्ला, ४५ वर्षीय एमडि समसुयल होडा, ३० वर्षीय अबदुल विश्‍वास र ३६ वर्षीय एमडि मासुम मिया रहेका छन ।

 प्रहरीका अनुसार बंगलादेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढंगले काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा बसोबास गर्नुको साथै शंकास्पद गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दै उनीहरूलाई सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको जनाउादै उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा पठाइएको जनाएको छ ।छ ।