आइतवार, बैशाख १६, २०८१

कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा १० सदस्य मनोनित

काठमाडौ चैत १३,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा मनोनयन गर्नुभएको छ । उहाँले पार्टीको विधान, [२०१७ संशोधनसहित को धारा २५ [९] बमोजिम पार्टीका केन्द्रीय सदस्य डा। रणबहादुर रावल प्रमुख रहनुभएको उक्त विभागमा मंगलबार सदस्य मनोनीत गर्नुभएको हो ।

विभागमा मनोनयन हुने व्यक्तित्वमा  क्रमस डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रह्लादबाबु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बिकुमारी थापा र उत्तमराज जोशी रहनु भएको कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।