बिहिबार, बैशाख २७, २०८१

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

  काठमाडौं फागुन १८,

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक पनि मध्याह्न १२ बजेर बस्ने भएको छ ।

आजको प्रतिनिधिसभा बैठकका लागि तय भएको कार्यसूचीमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिमस्टेक वडापत्र प्रस्तुत गर्ने, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्माणमुखी सामग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० प्रस्तुतका लागि अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने रहेको संसद सचिवालयले जनाएको    छ ।

यस्तै अर्थमन्त्री डा। प्रकाशशरण महतले भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालले राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र्कासूची रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829