बिहिबार, बैशाख २७, २०८१

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा मुख्यसचिवको संग्लनतासंगै प्रधामन्त्रीको सुशासनको अडान प्रभावित

  काठमाडौं फागुन १८,

पछिल्लो समय निकै चर्चाको चुलीमा रहेको टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणसंगै सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्याल समेत तानिएका छन ।

विशेष अदालतमा विचाराधिन रहेको सेक्युरिटी प्रिन्टिङका उपकरण खरिद भ्रष्टाचार प्रकरणमा पक्राउ परेका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसंग मुख्यसचिव अर्यालले आर्थिक लेनदेन गरेको विषय सार्वजनिक भएसंगै मुख्यसचिव अर्यालको सेक्युरिटी प्रिन्टिङ प्रकरणमा संग्लनता देखिनुको साथै बिचौलियासँग भएको अनुचित आर्थिक कारोबार गरेको विषय छरपष्ट भएको हो ।

विषय आफैमा प्रष्ट भइसक्दा समेत मुख्य सचिव अर्याललाइ कारवाहीको दायरामा ल्याउनुको अलावा प्रधानमन्त्री प्रचण्ड भने मौन देखिनुले घटनाक्रमलाइ थप रहस्यमय मात्र बनाएको छैन वल्की सरकारले लिएको सुशासनको अडान समेत प्रभावित भएको छ।

यसअघि तत्कालीन सञ्चार सचिवको जिम्मेवारीमा रहदै गर्दा भएको टेरामक्स प्रविधि उपकरण खरिद प्रकरणमा अख्तियारले आवश्यक वयान लिने तयारी गर्दै गर्दा अर्को बहुचििर्चत भ्रष्टाचार काण्ड सेक्युरिटी प्रिन्टिङका उपकरण खरिदमा पनि मुख्य सचिवको संग्लनता रहनुले स्थित थप तरल बनेको छ ।  अवको चरणमा सुशासनको नारा अलाप्दै सरकारको नेतृत्व गर्दै आएका प्रधानमन्त्रीले मुख्य सचिवमाथि गर्ने कारवाहीको भूमिका कस्तो हुने त्यो भने प्रतिक्षाको    विषय भएको छ ।