शुक्रबार, बैशाख २८, २०८१

प्रतिनिधि सभाको बैठक सुरु [लाइभ]

काठमाडौं फागुन १३ ,
प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकको शुरुमै एमालेका सांसदहरु उठेर अवरोध गरेका थिए । एमालेका सांसद पदम गिरीले फागुन ६ देखि बालकुमारी घटनाका दोषी भौतिक मन्त्री र दुई जनाको ज्यान लिन आदेश दिने गृहमन्त्रीको राजीनासंगै अख्तियारले बोलाएका स्वास्थ्य मन्त्रीलाई पदमा बसिरहने नैतिकता नभएको भन्दै बैठकमा एमालेले अवरोध गरेको हो ।

 आजको बैडकको लागि संसद सचिवालयले राजनीतिक दल सम्बन्धी [दोस्रो संशोधन] विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने , उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी [दोस्रो संशोधन] विधेयक, २०८० प्रस्तुत गर्ने कायसूची रहेको जनाएको छ।

यसअघि  शुक्रबार बैठक शुरु भएलगत्तै सत्ता र प्रतिपक्षी दलका सांसदहरु आरोप–प्रत्यारोपसहित प्रतिशोधमा उत्रिएका थिए । प्रतिपक्षी दलका सांसदहरुले सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आक्रोशसहित अभिव्यक्ति दिएका थिए ।