शनिबार, बैशाख १५, २०८१

माओवादीको स्थायी समिति बैठक सर्‍यो

काठमाडौं फागुन १३,
आइतबार बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तय भएको स्थायी समिति बैठक सरेको  छ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आइतबार दिउँसो ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आइतबारका लागि तय गरिएको थियो ।

बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, तराई मधेश अभियानका लागि कार्यविभाजन संगै रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाई सजाय गर्ने लगायतका कार्यसूची रहेको समवद्ध स्रोतले जनाएको छ।