सोमवार, बैशाख ३१, २०८१

सरकार र मिटरब्याज पीडितबीच पनि आज पनि वार्ता हुँदै

  काठमाडौं फागुन १४ ,

सरकार र मिटरब्याज पीडितबीच पनि आज पनि वार्ता हुँदै छ । आज बिहान ११ बजे गृहमन्त्रालयमा वार्ताको समय तय भएको बुझिएको छ ।
गृहमन्त्रालयले आइतवार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई पत्र लेखेर वार्तामा बोलाएसंगै आइतवार साँझ पहिलो चरणको वार्ता भएको हो ।

अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै २५ दिनको पैदलयात्रापछि काठमाडौं आइपुगेका मिटरब्याजपीडित र सरकारवीच ५ दिनपछि भएको पहिलो चरणको वार्ता सकारात्मक भएको बताइएपनि वाताृबाट ठोस निष्कर्षको पहिचान भने हुन सकेको छैन । यद्यपी गृहमन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा गठित वार्ता समितिसंगै आज हुाने वार्ता पछि कहि सकारात्म अपेक्ष गर्न समिने बताइए छ ।

 त्यसोत मन्त्रालयले वार्ताको लागि आव्हान गरको पत्रमा पत्रमा मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानुन संशोधन, अधिकार सम्पन्न आयोग गठन, दुवै पक्षबीच मेलमिलाप गराउने र सहमति नभएका विषयमा कानुन बमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने विषय उल्लेख रहेको छ ।  उल्लेखित विषयमा पिडितको सहमति बनेमा वार्ता सकारात्मक हुने बताइएकोछ ।