सोमवार, बैशाख १७, २०८१

प्लास्टिकजन्य फोहरबाट घरेलु प्रयोजनका सामान उत्पादन तालिम

 काठमाडौं माघ १६,
प्लास्टिकजन्य फोहोरको व्यवस्थापनको लागि महानगर वडा न १५ मा आयोजित साताव्यापी प्लास्टिकजन्य फोहरबाट सामान उत्पादन  शिपमुलक तालिमको आज समापन गरिएको छ।  पछिल्लो समय प्लास्टिकको उपभोग दिन प्रतिदिन बढ्दो रहनुको अलावा प्लास्टिकले हाम्रा दैनिकिमा केहि सजिलो बनाए पनि यसका अवगुणहरु पनि प्रसस्त रहेका छन् ।

प्लास्टिक उत्सर्जन भएको फोहोर व्यवथापन एउटा दिर्घ जटिल समस्यासंगै जताततै अव्यवस्थित रुपमा प्लास्टिक फाल्नले वाताबरण फोहोर हुँने, पानीको मूहान, नदी नाला प्रदुषित हुँने ठहर सहित यसबाट समान उत्पादन गर्नु एक महत्वपूर्ण विकल्प मान्दै वायु प्रदुषण व्यवस्थापन नागरिक सन्जाल काठमाडौ तथा वायु प्रदुषण व्यवस्थापन नागरिक सन्जाल र वडा न. १५ को आयोजना र इन्फो , यूएसएड स्वच्छ हावा परियोजनाको सहकार्यमा खेर जाने प्लास्टिकजन्य फोहरबाट घरेलु प्रयोजनका सामान उत्पादन तालिमको आयोजना गरिएको हो ।

तालिममा महानगर वडा न १५ का २२ जना स्थानीय गृहणी महिलाहरुको सहभागीता रहेको वायु प्रदुषण व्यवस्थापन नागरिक सन्जाल काठमाडौकी अध्यक्ष निरु महर्जनले जानकारी दिइन ।  समापन सत्रमा सहभागीहरुलाइ महानगर वडा न.१५ का वडाध्यक्ष इश्वरमान डंगोलले प्रमाणपत्र वितरण  गर्दै वडामा प्लास्टिक न्युनिकरणका लागि सीप सिकेकाहरुलाइ वडास्तरबाटै प्लास्टिक संकलन गरेर उपलब्ध गराउँन वडा समितिले विशेष पहल कदमी लिने बताउनुभयो ।