बुधबार, जेष्ठ २, २०८१

यू १९ क्रिकेट विश्वकपको सुपर सिक्स अन्र्तगत नेपाल र बंगलादेशवीच खेल हुँदै

 काठमाडौं माघ १७,

आइसीसी यू १९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्स अन्र्तगत नेपाल र बंगलादेशवीचको खेल हुने भएको छ। नेपाली समय अनुसार दिउँसो १स्४५ बजे आजको खेल निकै रोमाञ्चक हुने विस्वास गरिएको छ।

यसअघि नेपालले समुह चरणको खेलमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।

त्यस्ते नेपालले सेमिफाइनलमा पुग्नको लागि सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ । समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेका कारण सुपर सिक्सका दुवै खेल जित्नुको विकलप नभएका हो ।  यसवीचमा नेपालले आज बंगलादेश र आगामी शुक्रवार भारतसंग खेल्ने तालिका रहेको छ ।