सोमवार, बैशाख १७, २०८१

नेपालबाट क्लव प्लाटिनम डिजे म्याग टप १००’ को नोमिनेसनमा

काठमाडौं माघ १६,
नेपालकै सबैभन्दा ठूलो र चर्चित राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनम ‘डीजे म्याग टप १००’ का लागि मनोनयनमा परेको छ । विश्वको सबैभन्दा ठूलो क्लब प्लेटफर्ममा सन् २०२४ का लागि नेपालको प्रतिनिधित्व गर्ने क्लबको रुपमा मनोनयन गरेको हो ।

 हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्दै आएको डिजे म्यागको सन् २०२४ का लागि टप १०० का लागि क्लव छनौटगर्नेक्रममा सन् २०२० मा स्थापना भएको क्लव प्लाटिनमले अन्तर्राष्ट्रिय मापदण्ड समेत पूरा गरेको छ । जसका कारण पनि उक्त सूचीमा क्लव प्लाटिनममा परेको क्लवका सञ्चालक सञ्जय तामाङले जानकारी दिएका छन ।

 रात्रिकालिन व्यवसाय सञ्चालन गरेर आन्तरिक र बाह्य पर्यटकको प्रवर्द्धन गर्दै आएको क्लव प्लाटिनमले साप्ताहिक डाटा बेसमा कार्यक्रमहरू गर्दै आइरहेको क्लब प्लाटिनमको क्षमता एक हजार ८०० देखि दुई हजार जनासम्म रहेको र यो क्लव प्लाटिनम लोकप्रिय र प्रिमियम नाइट क्लबहरू मध्ये एक भएको सञ्चालक तामाङले बताए ।

डिजे म्यागको सन् २०२४ का लागि छनौटमा परेसंगै प्लाटिनमले अब नेपालको नाम विश्वभर चिनाउने भन्दै डिजे म्याग टप १०० को छनौटका लागि भोट गर्न अपिल गरेका छन् ।