सोमवार, बैशाख १७, २०८१

आज शहीद सप्ताहको अन्तिम दिन : विभिन्न कार्यक्रम सहित शहीदको सम्झना गरिदै

[शहीद शहीद गंगगालाल श्रेष्ठको अर्धकदको शालिकमा माल्यापर्ण गर्दै वडाध्यक्ष श्रेष्ठ ]

काठमाडौं माघ १६,
मुलुकमा प्रजातन्त्र स्थापनासंगै जनताको हकाधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ ।

राणाशासकले शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा, शहीद धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण शहीदको माघ १६ गते सम्झना गरिन्छ ।

यसैवीच शहीद दिवसको अवसरमा स्थानीय गंगा क्लवको संयोजनमा काठमाडौं वडा न १९ मरुप्याफल गंगालाचोकमा शहीद गंगगालाल श्रेष्ठको अर्धकदको सालिक र वडा न १९ को यटखा टोल l:yt  शहीद निर्गुण स्थापित सालिकमा माल्यापर्ण कार्यक्रमको आयोजना गरिएको छ।

काठमाडौं महानगर वडा न १९का अध्यक्ष समेत रहेका काठमाडौं काँग्रेस क्षेत्र न ८का क्षेत्रीय सभापति राजेशश्रेष्ठ लगायतका नेतागणसंगै  वडा सदस्य र  स्थानीयहरुले सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।