आइतवार, बैशाख १६, २०८१

स्वस्थानी व्रत: माघस्नानसहित शालिनदीमा मेला भर्ने भक्तजनको विशेष घुईंचो

साँखुस्थित देवी स्वस्थानीको मन्दिर

 काठमाडौं माघ १६,

हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रतको अवसरमा उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा विशेष मेला लागेको छ।

मनले चिताएको पूरा हुने विश्वासका साथ एक महिना सम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित रहेको छ । गत विहिवारदेखि आरम्भ भएको व्रतको आज छैटौं दिन साँखुस्थित शालिनदीमा मेला भर्ने भक्तजनको विशेष घुईचो लागेको हो ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ ।

 स्वस्थानी व्रतकथामा पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै जनविस्वास रहिआएको छ। त्यस्तै माघ महिनामा शालिनदीमा माघस्नानसहित माधवनारायणको दर्शन गरेमा पाप मोचन भइ पुण्य कमाइने धार्मिक जनविश्वास समेत रहिआएको छ ।