बुधबार, जेष्ठ २, २०८१

पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन  निर्देशन

 काठमाडौं माघ १६,

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले कोषको जग्गामा गैरकानुनी रूपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशनसंगै बोर्डले तत्काल कानुनी प्रक्रिया पुर्‍याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने र महानगरपालिका ८, गाँचा पोखरीस्थित जग्गा तथा वडा नम्बर ३ भगवानस्थानमा बनाइएका घर , सिफलस्थित लामपोखरीको जग्गामा रहेका अवैध संरचना हटाउने निर्णय गरेको कोषले जनाएके छ ।