शुक्रबार, बैशाख २८, २०८१

फागुनको पहिलो साता माओवादी केन्द्रको विधान सम्मेलन हुँने

काठमाडौँ पुस २८,
सत्तारुढदल नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आगामी फागुनको पहिलो साता हुने भएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले फागुन १ गतेदेखि ३ सम्म विधान सम्मेलन गर्ने औपचारिक निर्णयसंगै सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

 त्यस्तै प्रवक्ता सापकोटाले आजको बैठकले राष्ट्रिय सभा निर्वाचनको तयारीको लागि पार्टीको तर्फबाट पनि समन्वय समिति बनाएको जानकाीसंगै पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय पनि भएको जानकारी दिनुभयो ।

साथै उहाँले माघ २६ गते बस्ने स्थायी कमिटीको अर्को बैठकले माओवादी केन्द्रले हालै सम्पन्न गरेको पार्टीको विशेष रूपान्तरण अभियान रलगायत थप विषयम छलफल सहित निर्णय गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु