सोमवार, जेष्ठ ७, २०८१

टीआरसी विधेयकबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

 काठमाडौं पुस २९,

सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयकलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 त्यस्तै सचिवालयले आजको बैठकमा मुलुकको पछिल्लो समसामयिक विषयसंगै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन केन्द्रीत छलफल समेत गर्ने तयारी रहेको जनाएको छ।

यसअघि  निर्वाचनमा सहभागी हुने सत्तारुढ चार दलले राष्ट्रिय सभाको १९ सिट मध्ये कांग्रेसलाइ १० सिट माओवादी केन्द्रलाइ ६ सिट , एकीकृत समाजवादीलाइ २ सिट र जनता समाजवादीले १ सिट राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्य पद भने जनमोर्चाले पाउँने नितिगत सहमति गरिसकेका छन ।

त्यस्तै आजको बैठकमा दलीय स्वार्थका कारण गिजोलिँदै आएको संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयमा संभवभएसम्म
सहमतिबाट नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउने गरि नितिगत छलफल गर्ने तयारी रहेको बताइएकोछ।