शनिबार, जेष्ठ ५, २०८१

आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठन्धनका १९ उम्मेदवारलाई जिताउन अपिल

काठमाडौं पुस २९,
सत्ता गठबन्धन दलको आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले बसेको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

बैठकपछि जारी सयुक्त अपिलमा माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार सबैका साझा उम्मेदवार भएको र यसवीचमा गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् त्यअर्थमा गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर सिर्जना गर्नका लागि अपिलमा भनिएको छ ।

 गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा नाउपा र जनमोर्चा गरी सात दलको साझा अपील छ । ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौं । देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्वशर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थीरता, दिगो शान्ति, शुसासन र समृद्धिका लागि प्रतिवद्ध छौ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतीज्ञा गर्दछौ,’ अपिलमा भनिएको छ ।

अपिलमा सत्ता गठन्धनको तर्फबाट क्रमस प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल , जसपाका अध्यक्ष उपेन्द्र यादव , नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौद्यरी, लोसपका अध्यक्ष महन्त ठाकुर र राजमोका अध्यक्ष चित्र वहादुर केसीले हस्ताक्षर गर्नुभएको छ ।