आइतवार, बैशाख २३, २०८१

कंङ्ग अजिमा दाफा खल:लाई साँस्कृतिक बाजा हस्तान्तरण

काठमाडौं पुस २९,
काठमाडौं महानगरपालिका वडा न. १९ स्थित ऐतिहासिक एवम् धार्मिक महत्व वोकेको सास्कृतिक संस्था कंङ्ग अजिमा दाफा खल :लाई मौलिक साँस्कृतिक बाजागाजा हस्तान्तरण गरेको छ । दाफा खल:ले विगत लामो समय यतादेखि परम्परागत साँस्कृतिक पक्षको जर्गेनामा आफुलाइ समर्पित गर्दै विभिन्न कार्यक्रम निरन्तर सञ्चालन गर्दै आइरहेका छन ।

दाफा खल:का अध्यक्ष जुजुकाजी डंगोल र खल:का मुल गुरु अष्टनारायण महर्जनलाइ सयुक्तरुपमा बाजा हस्तान्तरण गर्दै डा न.१९का वडाध्यक्ष राजेश श्रेष्ठले हाम्रो कला संस्कृति वडाको मात्र नभइ सिङ्गो महानगरको सम्पत्ति भएको र यसको संरक्षणका लागि वडा समितिले हरदम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै मुर्तअमुर्त कला संस्कृतिको जगेर्ना र संरक्षणका लागि  परापूर्वकालदेखी  विभिन्न जात्रापर्वमा प्रयोग हुँदै आइरहेको दाफा बाजाको संरक्षणका लागि यस किसिमको सहयोग गर्न पाउँदा वडा समिति पुलिकित भएकोडा सदस्य चन्द्रमान डंगोलले बताए ।  त्यसअवसरमा वडा सदस्य दिनेशमान जोशी, रेणुकमल शाही र रञ्जिता परियारको समेत उपस्थिती रहेको थियो ।