सोमवार, बैशाख १७, २०८१

वडाध्यक्ष कापरसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं पुस ८,

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन हँसपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कामेश्वर कापरसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले हँसपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, ठेकेदार मदन कुमार झा र नवीनकुमार चौधरी विरुद्ध समेत पाँच लाख ५५ हजार रूपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोही रकम बराबर बिगो मदावी माग गर्दैआइतबार उनीहरूविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार हँसपुर नगरपालिका वडा नं। १ भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई वडा नं। १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धान गर्ने क्रममा आयोगले सार्वजनिक पोखरी ठेक्काबापत दोस्रो वर्षको किस्ता ५ लाख ५५ हजार रूपैयाँ राजस्व रकम दाखिला गर्नुपर्नेमा सो नगरी हंसपुर गाउँपालिकालाई हानिनोक्सानी गरेको जनाएको छ ।