बुधबार, जेष्ठ २, २०८१

भन्सार विभागको प्रतिवेदन: मीनबहादुर र चन्द्रको समूहले १३८ किलो सुन भित्र्याएको ठहर

काठमाडौं पुस ८,

सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार विभागले भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा गठन गरेको समितिको प्रतिवेदन आज सार्वजनिक भएको छ ।

समितिको सार्वजनिक प्रतिवेदनमा गोरखाका मीनबहादुर घले र चन्द्र घले सम्मिलित समूहले १३८ किलो सुन भित्र्याएको निष्कर्षसंगै विमानस्थलबाट सुन बाहिर निकाल्न कर्मचारीको पनि संलग्नता देखिएको उल्लेख गरिएको छ।

साथै प्रतिवेदनमा पटक पटक गरी मीनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लोपटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख रहेको छ।

त्यस्तै विमानस्थलबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालयका एसी बनाउने राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्वकर्मचारी रमेश देउला, एसी शाखामै काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको ठहरसंगै उनिहश्रविरुद्ध भन्सारले मुद्दा चलाएर प्रहरीको जिम्मा लगाउने भएको छ ।