सोमवार, बैशाख १७, २०८१

मेडिसिटी अस्पतालमा Comprehensive Breast Care Centre  को शुभारम्भ

 काठमाडौं पुस ८,
नेपाल मेडिसिटी अस्पतालले आजबाट महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोरनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै Comprehensive Breast Care Centre  सञ्चालनमा ल्याएकोे छ ।

नायिका तथा सामाजिक अभियन्ता मनिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्ययक्ष भवानी राणा र महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्ययक्ष निरु रायमाझीले सयुक्त रुपमा सेन्टरको उद्धघाटन गरेसंगै सेवा प्रारम्भ गरिएको हो ।

Comprehensive Breast Care Centre अन्र्तगत महिलाहरुले सबै किसिमका उपचार, निदान, स्तन रिकन्सट्रक्सन तथा जनचेतनाका लागि तालिमको सेवा एकै छतमुनिबाट प्राप्त गर्न सक्ने मेडिसिटी अस्पतालले जनाएको छ । साथै शल्यक्रिया तथा शल्यक्रिया पछि नक्कली स्तन राख्ने (implant) वा रिकन्स्ट्रक्सनको सुविधा पनि प्राप्त गर्न सकिने जनाएको छ। ।

कार्यक्रममा नायिका मनिषा कोइराला, नेउवा महासंघका पूर्व अध्ययक्ष भवानी राणा, महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्यक्ष निरु रायमाझी अस्पतालका अध्यक्ष उपेन्द्र महतो, डा. ज्योति रायमाझी, डा. कुन्दना रायमाझी लगातले क्यान्सर रोग यसको पहिचान र उपचारका विषयमा वोल्नुएको थियो ।