बुधबार, जेष्ठ २, २०८१

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं पुस ५,
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रमकावीच  प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्ति न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

न्याय परिषद्को गत मंसिर ५ को बैठकले सर्वोच्च अदालतमा रिक्त ६ न्यायाधीश नियुक्तिकालागि उनीहरूको नाम सिफारिस गरेसंगै संसदीय सुनुवाइ समितिको बैठकले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई न्यायाधीश पदमा नियुक्त गरेका थिए।