सोमवार, जेष्ठ ७, २०८१

आयोगले तोक्यो राष्ट्रियसभा निर्वाचनका लागि १४ वटा मतदान केन्द्र

 काठमाडौं पुस ५,
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ७ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। आयोगले प्रत्येक प्रदेशमा एक-एकवटा मतदानस्थल र सोही मतदानस्थलमा दुई९दुईवटा मतदान केन्द्र निर्धारण गरेको हो ।

आयोगका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मतदानस्थल तोकिएको छभने मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा मतदानस्थल राखिएको बताउनुभयो ।

त्यस्ते बागमती प्रदेशका लागि भुटनदेवी मावि प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवन, हेटौंडा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको जानकारीदिनुभयो ।

त्यसैगरि लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढी मतदानस्थल तोकिएको छ।

तोकिएो मतदानस्थलमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्षरउपाध्यक्ष, नगर प्रमुखरउपप्रमुखले माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म बेग्लाबेग्लै मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।