बुधबार, जेष्ठ २, २०८१

चाइल्ड वेलफेयर नेपालको वार्षिक साधारण सम्पन्न

काठमाडौं मंसिर ७ ,

चाइल्ड वेलफेयर नेपाल [सिडब्लुएन]को वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ । बुधवार राजधानीमा सम्पन्न एक कार्यक्रम आयोजना गरी संस्थागत वार्षिक आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगर वडा नं २० वडाध्यक्ष राजेन्द्र मानन्धरले पछिल्लो समय संघसंस्था दर्ता हुने तर संस्था अद्यावधिक नहुने क्रम बढ्दो रहेको अवस्थामा यस संस्थाले वार्षिक साधारण सभासँगै सामाजिक लेखापरीक्षण पारदर्शिता रूपमा गरेकोमा खुसी लागेको बताए । त्यस्तै उहाँले दातृ निकायले संस्थागत रुपमा विपन्न वर्गका व्यक्तिलाई सहयोगी गरिसकेपछि त्यसको परिणाम र उपलब्धि कस्तो आयो रु त्यसमा ध्यान केन्द्रित गर्न जरुरी रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष मानन्धरले काठमाडौँ महानगरसँग कति बालबालिकालाई संस्थाहरूले सहयोग गर्दै आइरहेको तथ्याङ्क यकिन नभएको जानकारी दिनुभयो ।

त्यस्तं कार्यक्रममा समाज कल्याण परिषद्को सदस्य सचिव मनोज भट्टले दातृ निकायले गरेका लगानी अर्थात् सहयोग सही ठाउँमा सदुपयोग भयो कि भएन‚ त्यो मूल्याङ्कन गर्नु आवश्यक रहेको बताए ।

यस्तै संस्थाका कार्यकारी निर्देशक राजु खड्काले वार्षिक आय व्यय प्रस्तुत गर्दै संस्थाको विधान त व्यवस्था अनुसार यस वर्ष शिक्षा क्षेत्रको उन्नयनका लागि करिब एक करोड भन्दा बढीको १९८ जनालाई माध्यमिक विद्यालयमा विपन्नता भएका विद्यार्थी लक्षित हुँदै पठनपाठनमा सहयोग गरेको बताए ।

त्यस्तै ३६ जना विभिन्न कलेजका विधार्थीका लागि अध्ययन लागि आर्थिक सहयोगसंगै उपत्यका बाहिरका विभिन्न विद्यालयहरूमा समेत शैक्षिक सामग्री प्रदान गरेको जानकारी दिएका छन् ।  यसै गरी कार्यक्रममा सहभागीहरू नमिता भण्डारी‚ चिजा शर्मा लगायतले संस्थाको सहयोग अपरिहार्य छ र दीर्घकालीन सहयोगको अपेक्षा रहेको बताएका थिए ।

वार्षिक साधारण सभाको सभाध्यक्ष एवं संस्थाका अध्यक्ष रामहरि खड्काले १९० भन्दा बढी माध्यमिक तह र ५० भन्दा बढी उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्दै आइरहेको जानकारी दिएका छन्