सोमवार, जेष्ठ ७, २०८१

मन्त्रीपरिषद बैठक: सेनाका उपरथी पाण्डे र उर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं मंसिर ७,
आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले ५ बुँदे निर्णय गरेको छ ।

आजको बैठकले उर्जा सचिव दिनेशकुमार घिमिरे र नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०-०७-२४ गतेबाट लागु हुने गरी स्वीकृत गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन ।

त्यस्तै प्रवक्ता शर्माले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने, प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन [करिव ६५ करोड] अनुदान स्वीकृत गर्ने बढ्दो सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको जानकारीदिनुभयो ।