बुधबार, मंसिर २०, २०८०
Dashain

काठमाडौंबाट जुवातास खेल्दा खेल्दै गरेका दुईदर्जन जुवाडे पक्राउ

काठमाडौं मंसिर ४,
प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुको टोली काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर
कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका९८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर-जुवा  खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका- ४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबारनै पक्राउ गरेको जनाएको छ ।

त्यस्तै प्रहरी वृत्त कालिमाटीले काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको   छ ।

प्रहरीले पक्राउ परेका जुवाडेहरुको साथबाट नगद ३९ हजार रूपैयाँ र २ बुक तास समेत वरामद गरेको जनाउँदै यस सम्बन्धमा थप अनसुन्धान भइरहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031