बुधबार, मंसिर २०, २०८०
Dashain

उदाउँदो सूर्यलाइ प्रातकालीन अर्घ अर्पणगरेसंगै आजबाट सकियो छठपर्व

फाइल फोटो

काठमाडौं मंसिर ४ ,
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व आज बिहान ६ बजेर २७ मिनेटको समयमा उदाउँदो सूर्यदेवलाइ प्रातकालीन अर्घ अर्पणगरेसंगै समापन भएको छ ।  यसअघि  आइतबार उपत्यकाकाको गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमतीमा पुगेर सूर्यदेवलाइ वर्तालुले छठ पर्वको मुख्य पूजा अर्थात उपासना सहित अस्ताउँदो सूर्यदेवलाइ अर्घ अर्पण गरेका थियो ।

त्यस्तै शनिवार  दिन ब्रतालुहरुले खरना पूजा गर्दै राति खीर, पुरी लगायतका वस्तुहरु कुल देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । छठमा विशेषगरि पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गर्ने प्रचलन रहिआएको छ ।

छठ पर्वको विषयमा पौराणिक ग्रन्थ महाभारतमा उल्लेखभए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेसंगै पाण्डवहरुको यावत समस्या समाधान भएको आख्यान पाइन्छ । समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति हुनुको अलावा मनोकामना पूरा हुनु र चर्मरोगबाट छुटकारा पाइने पछिल्ल्लो जनविश्वास समेत रहेको पाइन्छ । सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुया छठ व्रत बसेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031