मङ्लबार, अशोज १६, २०८०

स्व: रिजालप्रति अन्तिम श्रद्धाञ्जली सहित अन्त्येष्टि

रिजालको निधनले महानगरलाइ अपुरणीय क्षति : प्रवक्ता मानन्धर

काठमाडौँ भाद्र २१,
काठमाडौं महानगर वडा न १६ का वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । यसअघि काठमाडौं महानगरले पालिकाले स्व रिजालप्रति अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिक सरीरलाई राष्ट्रिय सभा गृहमा राखेको थियो ।

त्यहाँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलले स्व। रिजालको पार्थिव शरीरमा महानगरपालिकाको झण्डा ओढाउनुभएको थियो । यसैगरी प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, कर्मचारी, विभिन्न पार्टीका नेता तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

त्यसपछिको शव यात्रामा गरिएको थियो । अन्तिम संस्कार गर्नुअघि पशुपति क्षेत्रमा नेपाली कांग्रेस पार्टीले अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखेको थियो । त्यहाँ श्रद्धाञ्जलीका लागि पार्टी अध्यक्ष शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापासहित नेताहरु पुग्नुभएको थियो ।

यसैवीच रिजालको निधनले महानगरपालिकालाई अपुरणीय क्षति भएको छ । महानगरका प्रवक्ता नविन मानन्धरले जारी गर्नुभएको शोक विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै विज्ञप्तिमा ‘महानगरपालिकाले होनहार र स्पष्ट बोल्ने जनप्रतिनिधि गुमाएको उल्लेख गरिएको छ ।’

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031