मङ्लबार, जेष्ठ १, २०८१

कोशी प्रदेश सरकार: ४८ घण्टाभित्र ठूलो दलको नेतृत्वमा मन्त्रिपरिषद गठन गर्न सर्वोच्चको परमादेश

काठमाडौ भाद्र २२,
सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा विहिवार परमादेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल, डा।कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिक्मत कार्कीको रिटमाथि सुनुवाई गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेको ठहर गर्दै कोशीमा ४८ घण्टाभित्र ठूलो दलको नेताको नेतृत्वमा मन्त्रिपरिषद गठन गर्न आदेश दिएको हो ।

त्यस्तै जारी परमादेशमा धारा १६८ उपधारा २ बमोजिम थापाले लिएको विश्वासको मत असंवैधानिक भएको ठहर सहित उपधारा ३ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न संविधानले नै मार्ग निर्देशन गरेको जिकिरको वर्खिलाप फेरि उपधारा २ मा जान नमिल्ने उल्लेख गरिएको    छ ।  साथै कार्कीले एक महिनाभित्र विश्वासको मत लिन नसके उपधारा ५ बमोजिम बहुमत सदस्यको समर्थन प्राप्त व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने जनाउ सहित आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नयाँ सरकार गठन गर्न परमादेश जारी गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031